प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ फाल्गुन २०८१

लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । मंगलबार सिदार्थ रंगशालामा भएको खेलमा मधेशले कोशी प्रदेशलाई १६५ रनको फराकिलो अन्तरले हराएको हो ।

मधेशले दिएको २८५ रनको लक्ष्य पछ्याएको कोशी ३३ ओभरमा ११९ रनमा अलआउट भयो । कोशीका लागि शाकिब हकले सर्वाधिक २५ रन बनाए । सुजन थपलियाले २४, फिर्दोश अन्सारीले २१ तथा दिपेश कँडेलले २० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशका लागि रुपेश सिंहले ९ ओभरमा २९ रन दिएर ५ विकेट लिए । राजेश यादवले ३ तथा हरिशंकर साह र प्रदिप पासवानले १-१ विकेट लिए त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ६ विकेट गुमाएर २८४ रन बनाएको थियो । मधेशका लागि पवन सर्राफले सर्वाधिक ९२ रन बनाए । चोटका कारण लामो समयपछि क्रिकेटमा फर्केका सर्राफले पहिलो खेलमै लय देखाए । कप्तान अनिल साहले ७५ तथा दिपेश दासले अविजित ५६ रन बनाए । हरिशंकर साहले २९ रन बनाए ।

कोशीका लागि बिपिन महतो र प्रकाश कार्कीले २-२ विकेट लिए भने फिर्दोश अन्सारी र दिपेश कँडेलले १-१ विकेट लिए । मधेशले पहिलो खेलमै जित निकाल्दा कोशीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा लुम्बिनीसँग पराजित भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार