र्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ६ जना घाइते

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ फाल्गुन २०८१

पर्वतको बिहादी गाउँपालिका सेतीवेणीमा बोलेरो जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

गुल्मीको पूर्तीघाटबाट पर्वतको सेतीवेणी, रानीपानी हुँदै वालिङका लागि छुटेको लु१ज ४४६० नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा पर्वत बिहादी गाउँपालिका-३ का मीनप्रसाद उपाध्याय र कालीगण्डकी गाउँपालिका-५ गुल्मीका ६४ वर्षीया दिलकुमारी भट्टचनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी रवीन विष्टले जानकारी दिए । घाइते ६ जनालाई थप उपचारका लागि पाल्पा पठाइएको उनले बताए ।

उक्त जीपमा सवार  एकजना बालकको अवस्था भने सामान्य छ । ‘२ जनाको घटनास्थलमै मृत्यु भएको हो । घटनाको कारणबारे अनुसन्धान भइरहेको छ’, डिएसपी विष्टले भने, ‘प्रहरी घटनास्थलमा पुगेर उद्धार तथा अनुसन्धान गरिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार