पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं ५ मा विवाह अगाडि वडाको सिफारिस लिनुपर्ने भएको छ । >
बालविवाह रोक्नका लागि वडामा बसोबास गर्ने केटाकेटी दुवैले अनिवार्यरुपमा उमेर खुल्ने सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको वडाध्यक्ष विमला गुरुङले बताइन् । वडालाई बालमैत्री घोषणा गरिएको र यसको दीर्घकालीन कार्यान्वयनका लागि यस्तो ब्यवस्था गरिएको हो । >
घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नुपूर्व वडा कार्यालयबाट अनिवार्य सिफारिस लिएर मात्र विवाह उत्सब गर्न वडाले सबै लाई आग्रह गरेको छ । कार्तिक २६ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो ।>>