सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–१० मा अवस्थित सिद्धार्थ स्कुलमा नेपाली कला, संस्कृति, परम्परा तथा मौलिक संस्कारको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष कार्यक्रम आयोजना गरिएको छ।>
विद्यार्थीलाई नेपाली चाडपर्वको महत्त्व, सांस्कृतिक पहिचान र पुस्तौँदेखि चलिआएका परम्परासँग परिचित गराउने उद्देश्यले विद्यालयले कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा विद्यार्थीहरूले तिहारसँग सम्बन्धित विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति दिएका थिए। यस्ता गतिविधिले विद्यार्थीमा आफ्नो मौलिक संस्कृति र परम्पराप्रति सम्मान, अपनत्व तथा संरक्षणको भावना विकास गर्ने विश्वास विद्यालयले लिएको छ।>
विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले यस्ता कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानसँगै व्यवहारिक, नैतिक तथा सांस्कृतिक शिक्षा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखेका छन्।>
नेपाली कला, संस्कृति र परम्परालाई नयाँ पुस्तामाझ परिचित गराउँदै यसको संरक्षण र पुस्तान्तरण गर्नु विद्यालयको पनि दायित्व भएको उनको भनाइ छ।>>