संसदीय समितिले पशुपतिनाथको जलहरी निर्माणबारे सत्यतथ्य पत्ता लगाउन पहल गर्नुपर्ने निष्कर्ष निकालेको छ ।>
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बुधबार राष्ट्रिय गौरवका आयोजना स्थलगत अध्ययन, अनुगमन प्रतिवेदन सार्वजनिक गर्दै पशुपतिनाथको जलहरीबारे सत्यतथ्य पहिचानका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो ।>
समितिले २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त मन्दिर प्राङ्गणका विभिन्न संरचनाहरूको पुनःनिर्माणको कामलाई तीव्रता दिनुपर्ने जनाएको छ । त्यसैगरी पशुपति क्षेत्र विकास कोषसँग भाडा सम्झौता गरी मारबाडी सेवा समितिले चलाइरहेको सटरहरूको नयाँ भाडादर कायम गर्नुपर्ने देखिएको भन्दै त्यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल गरी निस्कर्ष निकाल्नुपर्ने पनि समितिको सुझाव छ ।>
त्यस्तै,समितिले महालेखा परीक्षकको ५९औँ प्रतिवेदनमा जलहरी बनाएर बाँकी रहेको सुनको १० किलो ९७६ ग्रामको रिङ बनाएर जलहरीमा लगाएको उल्लेख गरिए पनि बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने काममा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएकाले यसबारे महालेखा परीक्षकका पदाधिकारी र सरकारसँग छलफल गर्नुपर्ने निष्कर्ष निकालेको छ । मितिले गत चैत २६ गते पशुपति क्षेत्रको स्थलगत अनुगमन गरेको थियो ।>
>>