तनहुँको व्यास नगरपालिका-३, दमौलीमा गएराति भीषण आगलागी भएको छ । >
दमौलीको मुख्यचोकमा रहेको फलफूल पसल लाइनमा भएको आगलागीले २० वटा सटर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभएपनि लाखौं मूल्यबराबरको भौतिक क्षति भएको प्रहरीले जनाएको छ ।>
रायका अनुसार करिब ३ घण्टाको प्रयासपछि आगलागी पूर्णरुपमा नियन्त्रणमा आएको थियो । विद्युत् चुहावट हुँदा आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ ।>>