स्वास्थ्यमन्त्रीलाई तोसिमाको प्रश्न : ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ?

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ फाल्गुन २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले संविधानमा लैंगिक समानताको धारा त राख्यौं तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताएकी छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन् । वरीयताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता कौशल मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरिएको भन्दै उनले क्याबिनेटले यस्तो निर्णय किन गरेको भनेर सरकारलाई प्रश्न गरेकी छन् । उनले भनिन्, ‘स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिव नियुक्ति भएको छ । सिफारिसको आधारमाम वरिष्ठताको आधारमा एक नम्बरमा रहेकी डा. संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो ।

क्याबिनेटले यस्तो निर्णय किन गर्‍यो ?’ सांसद कार्कीले स्वास्थ्यमन्त्री प्रदीप पौडेलप्रति लक्षित गर्दै प्रश्न गरिन्, ‘पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्न नसक्ने हो ? कि महिला नेतृत्व स्वीकार नगरिएको हो । प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र सामान्य प्रशासनमन्त्रीसँग संसदले जवाफ माग्नु पर्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार