रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकियो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१० जेठ २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा बहस सकिएको छ । शुक्रबार न्‍यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा भएको सुनुवाइका दुवै तर्फको वकिलहरूले बहस सकाएका हुन् ।  सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलका अनुसार बहस सकिएका कारण आदेश आजै आउन सक्ने सम्भावना रहन्छ।

'बहस सकिएको छ। आजै आदेश आउने सम्भावना रहन्छ,' उनले भने।  बहस सकिएपछि न्यायाधीशहरूले दुवै तर्फबाट भएको बहसबारे छलफल गरेर आदेश लेख्छन्। 'आदेश टाइप गर्न र त्यसको रूजु गर्न केही समय लाग्छ। तर शुक्रबार पनि अदालत ५ बजेसम्म खुल्ने भएका कारण आदेश आजै आउन सक्छ,' प्रवक्ता कुइँकेलले भने।  शुक्रबार जाहेरवाला छविलाल जोशीका तर्फका वकिलहरूले बहस गरेका थिए। बिहीबार रवि र छविलाल दुबै पक्षका वकिलहरूले बहस गरेका थिए। तर बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।

गत मंगलबारदेखि नै रविका वकिलहरूले बहस गरेका थिए। मंगलबार रवि पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार