राजावादी आन्दोलनमा घाइते भएकी रेविका खत्रीको न्यायका लागि संसद भवनको गेट बाहिर प्रदर्शन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ जेठ २०८२

गत चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा घाइते भएकी रेविका खत्रीको न्यायका लागि संसद भवनको गेट बाहिर प्रदर्शन भएको छ ।

कोटेश्वर क्याम्पसका विद्यार्थीहरुले घाइते रेविकाको सहज उपचार र न्यायको माग गर्दै प्रदर्शन गरेका हुन् । कुनै पक्षबाट पनि आन्दोलनमा सहभागी नभएकी उनी कोठा जाने बेलामा गोलीको सिकार भएकी थिइन् । त्यसयता उनी अस्पतालमै उपचार गराइरहेकी छन् ।

सुरुमा उनलाई सिभिल अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । तर अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार