चिसोले तराई, मधेसको जनजीवन बन्यो कष्टकर

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२२ पौष २०८१

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि (मंगलबार) दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत छ ।

लगातार दुई दिनदेखि हुस्सु र कुहिरो लागेसँगै जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि सर्वसाधारण चिसोबाट प्रभावित भएका हुन्। तराईका विभिन्न जिल्लामा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारणको सङ्ख्या थोरै मात्र देखिएको छ। चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिकाहरू बढी प्रभावित भएका छन्।आइतबार जस्तै काठमाडौं आज बिहान पनि बादलले ढाकिएको छ। काठमाडौंको आकाश बादलले ढाकिएका कारण बिहान कम चिसो महशुस गरिएको छ। आइतबार काठमाडौंको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन भएको थियो।

शनिबार ५.९ डिग्री सेल्सियस मापन भएको थियो।मंगलबार भने छिटपुट वर्षाको समेत सम्भावना छ। शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

प्रतिक्रिया

सम्बन्धित समाचार