आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ ।>
प्रतिनिधिसभामा बजेटमाथि आइतबार (आज)सम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो । सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए । आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् ।>
भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।>>