भुटानको थिम्पुमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२५ असार २०८२

आउँदो अगस्टमा भुटानको थिम्पुमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप २०२५ को खेलतालिका सार्वजनिक भएको छ।

अगस्ट २० देखि ३१ सम्म चाङ्लिमिथाङ रंगशालामा सञ्चालन हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले भारतविरुद्ध खेल्नेछ। सोही दिन आयोजक राष्ट्र भुटान र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली मात्र सहभागी छन्।

डबल राउण्ड रोबिन लिगमा खेलिने प्रतियोगितामा सबैभन्दा धेरै अंक जोड्ने टोली च्याम्पियन बन्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार