सुनको भाउ तोलामा ५ सय घट्यो , प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ फाल्गुन २०८१

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार भाउ प्रतितोला १ लाख ७० हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन १ लाख ७० हजार ७ सय रुपैयाँ थियो । यसअघि फागुन १३ गते हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ प्रतितोला ५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार