सुनको भाउ ८ सय घट्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ वैशाख २०८१

बिहीबार सुनको भाउ तोलामा ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा १ लाख ३५ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

बुधबार १ लाख ३६ हजार ४ सय रुपैयाँ थियो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ । चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ हजार ६७५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार