चार दिनमा ४ हजार ५०० बढ्यो सुन

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२७ मंगशिर २०८१

चार दिनमा सुनको भाउ तोलामा ४ हजार ५ सय रुपैयाँ बढेको छ । अघिल्लो दिनको तुलनामा भने बिहीबार मूल्य स्थिर हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ मूल्य तय गरेको छ । आइतबार सुन प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ पनि स्थिर छ । प्रतितोला १९२५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार