सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो , प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ फाल्गुन २०८१

बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँ थियो । विगत दुई दिनमा सुनको मूल्य १ हजार घटेको हो । यसअघि मंगलबार हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९४० रुपैयाँ रहेको चाँदी आज १९४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार