टिकटक बन्द गर्नु समाधान होइन, नियममा ल्याउन सक्नुपर्छ: बालेन शाह

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२८ कार्तिक २०८०

काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले मर्यादित भएर फेरि टिकटक चलाउने पाइने अपेक्षा गरेका छन्  । उनले टिकटक बन्द गरिनु उचित निर्णय नभएकाे उल्लेख गर्दै नियमन जरुरी रहेकाे बताएका छन् ।  

टिकटबाट आफू र आफ्ना शुभचिन्तकले समेत हैरानी खेपेको उल्लेख गर्दै बालेनले भनेका छन्, ‘तर यो भन्दैमा अहिले जस्तो टिकटकलाई बन्दै गर्नु पर्छ भन्ने हैन।’     

अब टिकटकलाई करको दायरमा ल्याउने र त्यसमार्फत् सामाजिक सद्भाव बिगार्नेलाई कारबाही गर्ने संयन्त्र विकास गर्नुपर्ने बालेनको भनाइ छ। ‘अहिले जस्तो बन्द नै गर्ने होइन। बन्द समाधान होइन, 

अब यो बन्दलाई टिकटकसङ नियमन गर्नलाई दह्रो आधार बनोस्। मर्यादित भएर फेरि टिकटक चलाउन पाइयोस्,’ बालेनले लेखेका छन्। 


प्रतिक्रिया

सम्बन्धित समाचार