सुनको भाउ तोलामा १४ सय बढ्यो , १ लाख ६९ हजार ५ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२० फाल्गुन २०८१

मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ रहेको सुन आज १ लाख ६९ हजार ५ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९१५ रुपैयाँ रहेको चाँदी आज १९४० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार