सुनको भाउ तोलामा ९ सय बढ्यो , प्रतितोला १ लाख ७० हजार ४ सय कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२१ फाल्गुन २०८१

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ६९ हजार ५ सय रुपैयाँ थियो । यसअघि फागुन १३ गते सुनको भाउ १ लाख ७१ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ ।

अघिल्लो दिन प्रतितोला १९४० रुपैयाँ रहेको चाँदी आज १९५० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार