तोलामा १ हजार घट्यो सुन, आज १ लाख ८८ हजार ४ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ असार २०८२

सुनको भाउ तोलामा १ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार ढिलो सुनचाँदीको मूल्य तय गरेको हो ।

अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ८८ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला २ हजार १६५ रुपैयाँ रहेको चाँदी आज २ हजार १४० मा झरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार