बुधबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुन प्रतितोला १ लाख ९४ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ । >
अघिल्लो दिन १ लाख ९३ हजार रुपैयाँ थियो । एक साताअघि साउन ७ गते सुन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँ पुगेको थियो । चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको छ । >
अघिल्लो दिन प्रतितोला २३०० रुपैयाँ रहेको चाँदी आज २३१० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।>
>>