शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३१ श्रावण २०८२

एक सातामा सुनको भाउ ३ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला १ लाख ९६ हजार २ सय रुपैयाँ तोकेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा ६ सय रुपैयाँ बढी हो । अघिल्लो दिन प्रतितोला १ लाख ९६ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । यसअघि गत शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको थियो । चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ ।

अघिल्लो दिन प्रतितोला २३४० रुपैयाँ रहेको चाँदी आज २३१५ रुपैयाँमा झरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार