दोस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी बढ्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२३ पौष २०८१

नेपाली बजारमा सुनको मूल्य तीन दिनदेखि स्थिर छ । छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, छापावाल सुन आइतबार, सोमबार र मंगलबार (आज) पनि प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो । चाँदीको मूल्य भने तोलामा २० रुपैयाँले बढेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

आइतबार र सोमबार चाँदी प्रतितोला एक हजार ८१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार