सुनको मूल्यमा उच्च गिरावट, प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१३ असार २०८२

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । बिहीबार प्रतितोला ३ सय रुपैयाँ बढेको सुनको मूल्य शुक्रबार एकैदिन प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेको हो ।

मूल्य घटेसँगै शुक्रबार सुन प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ ।

आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार