नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला सात हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ बुधबार भने प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको हो।>
मंगलबार सुन प्रतितोला दुई लाख ६२ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला दुई लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ। यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा चार हजार पाँच सय ९० रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।>
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २० रूपैयाँ घटेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय ३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।>>