सिद्धकाली आधारभूत विद्यालयमा ६५ हजार बराबरको स्कुल ब्याग वितरण

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
१२ आश्विन २०८१

विराटनगर ५ दामाबन्दी स्थित रहेको श्री सिद्धकाली आधारभूत विद्यालयमा एक कार्यक्रम आयोजना गरि विधार्थीलाई  स्कुल ब्याग  वितरण  गरेको  हो ।

विद्यालयमा  प्रत्येक विद्यार्थीलाई पुग्ने गरि ६५  हजार  रुपैया  बराबरको ,  स्कूल  ब्याग  कापि  कलम १५५  जान  विधार्थीलाई दिएका छन।    शिक्षा क्षेत्रलाई  बलियो  बनाउनको लागि ,स्थानीय समाजसेवी, युवा , तथा  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम कुमार  यादवले  भने , विद्यालयको शैक्षिक गुणस्तर तथा भौतिक पूर्वाधारको  बिकाश  गर्न  सरकार मात्र नभएर ,समाजसेवीहरुको पनि योगदान रहेको बताए । यता बिद्यार्थीहरुले कार्यक्रममा शैक्षिक सामग्री पाए पछि निकै हर्षिक भएको देखिए । 

कार्यक्रममा प्रमुख अतिथि, उसा  भण्डारी  अधिकारी ,  रहेको  थियो भने , विशिष्ट अतिथि सम्रिधि  अधिकारी, केदार  बहादुर  भण्डारी,  बिकाश  भण्डारी , गोमा  भण्डारी , उद्वव  प्रसाद  कोइराला तथा सो  विद्यालयका  प्रधान  अध्यापक, राजेन्द्र  कुमार  थापा  समाज सेवी  शिक्षा प्रेमी लगायत विभिन्न राजनीति दलका पार्टीका  प्रतिनिधिहरू  पत्रकार ,पदाधिकारीहरू ,समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार