दुई सातादेखि बैंकिङ सेक्टरमा उत्साह, यी हुन् मूल्य धेरै बढेका कम्पनी

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ जेठ २०८२

गत साता ७७ अंक बढेको सेयर बजार यो साता जम्मा ५ अंक बढेको छ । गत साता २६८८ अंकमा रहेको बजार यो साता २६९३ अंकमा बन्द भयो । अन्तिम कारोबार दिन बिहीबार गणतन्त्र दिवसका कारण सार्वजनिक विदा भएपछि यो साता ४ दिन मात्रै कारोबार भयो ।

पहिलो दिन आइतबार ८.५७ अंक घटेको बजार सोमबार ५.२१ घट्यो । मंगलबार ०.८५ र बुधबार १७.४४ अंक बढ्यो । कारोबार रकम अझै बढ्न सकेको छैन । आइतबार ७ अर्ब ६० करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ५८ करोड, मंगलबार ६ अर्ब ५२ करोड तथा बुधबार ८ अर्ब ५८ करोडको कारोबार भयो । दुई सातादेखि नै बजारलाई बैंकिङ सेक्टरले डोहोर्‍याइरहेको छ । गत साता ७.२२ प्रतिशत बढेको बैंकिङ यो साता १.७९ प्रतिशत बढ्यो ।

यो सेक्टरमा उत्साह देखिएसँगै बजार बढ्नका लागि बलियो आधार बनेको छ । बैंकिङ बजारको सबैभन्दा शक्तिशाली सेक्टर हो । अर्कोतर्फ धेरै बैंकको मूल्य ‘अन्डरभ्यालुड’ मा रहेकाले लगानीकर्ताको आकर्षण देखिएको छ । फाइनान्स सेक्टर यो साता सबैभन्दा धेरै घट्यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार