गत साता २७८८ मा रहेको सेयर बजार यो साता ३१ अंक घट्दै २७५७ मा

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
६ भाद्र २०८२

गत साता २७८८ मा रहेको सेयर बजार यो साता ३१ अंक घट्दै २७५७ मा झरेको छ । यो साता सेयर बजारको उतारचढाव न्यून रह्यो । साताका पछिल्ला चार दिन बजारको उतारचढाव एकल अंकमा नै सीमित रह्यो । साताको पहिलो दिन आइतबार २७.१४ अंक बजार घटेको थियो ।

सोमबार ९.१६ र मंगलबार ६.५१ अंक बढेको बजार बुधबार ९.७० र बिहीबार ९.२२ अंक घट्यो । बजारको न्यून उतारचढावमा यो साता कारोबार रकम पनि सुक्दै गयो । आइतबार ७ अर्ब ७३ करोडको कारोबार भएकोमा सोमबार ६ अर्ब १७ करोड, मंगलबार ५ अर्ब ६३ करोड, बुधबार ५ अर्ब २० करोड तथा बिहीबार ५ अर्ब २ करोडको भयो । यसरी कारोबार रकम निरन्तर घट्दै जानुको पछाडि खरिद वा बिक्रीप्रति यतिबेला चासो घट्नु हो ।  होटल तथा पर्यटनबाहेक यो साता सबै समूहका सूचक घटेका छन् । सो समूह सूचक १.२३ प्रतिशत बढ्यो ।

अन्य समूह सबैभन्दा धेरै घट्यो । यस समूहका हिमालयन रिइन्स्योरेन्स, नेपाल टेलिकम, नेपाल पुनर्बीमाजस्ता ठूला कम्पनीको मूल्य घट्दा समूह बढी प्रभावित बन्यो । त्यस्तै यसै समूहको ट्रेड टावर मूल्य धेरै घट्ने कम्पनीमा परेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार