महाशिवरात्रि मनाउन डेढ करोड बजेट, करिब ५ लाख दर्शनार्थी आउने अनुमान

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१२ फाल्गुन २०८१

यसवर्ष शिवरात्रिमा पशुपतिनाथ क्षेत्रमा मेला भर्न तथा भगवानको दर्शन गर्न करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले पत्रकार सम्‍मेलन गरेर करिब ५ लाख दर्शनार्थी आउने अनुमान गरिएको जानकारी दिएको छ ।

यसवर्ष महाशिवरात्रिमा १ करोड ५० लाख बजेट खर्च हुने अनुमान गरिएको कोषका कोषाध्यक्ष  नारायण प्रसाद सुवेदी बताए । उनले भने, ‘यसवर्ष महाशिवरात्रीका लागि सरकारले १ करोड ५० लाख बजेट छुट्याएको छ। ‘ उनका अनुसार महाशिवरात्रि पर्वमा खर्च भएका सबै विवरण १५ दिनभित्र पेश गर्न सम्बन्धित समितिहरूलाई पेश गर्न भनिएको छ । महाशिवरात्रिको तयारी गर्न कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । जसमा मूल समितिअन्तर्गत रहने गरी महाशिवरात्रिको तयारीका लागि १० वटा उपसमिति पनि गठन गरिएको छ । महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्र विकास कोष प्रचार-प्रसार तथा साजसजावट व्‍यवस्था उपसमितिले गरेको पत्रकार सम्‍मेलन । सुरक्षा व्यवस्था अनुगमन, प्रचारप्रसार व्यवस्था, दर्शन, चन्दन मन्दिर एवं रात्रिकालीन व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था, साधु सन्त तथा धार्मिक कार्यक्रम व्यवस्था, वातावरण तथा सरसफाइ जुत्ता चप्पल व्यवस्था उपसमिति गठन गरिएको छ ।

यसैगरी स्वास्थ्य सेवा व्यवस्था, मेला बजार तथा साज सजावट व्यवस्था, स्वयंसेवा परिचालन व्यवस्था र तथ्याङ्क तथा मूल्याङ्कन व्यवस्था गरी १० उपसमिति गठन गरी महाशिवरात्रिको तयारी पनि सुरु गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार