डेंगी बाट ९ जनाको मृत्यु संक्रमितको संख्या साढे नौ हजार पुग्यो

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
२४ श्रावण २०८०

नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या साढे नौ हजार पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांकानुसार जनवरीयता अगस्ट ७ सम्म नौ हजार ४११ जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी सुनसरीमा  पाँच हजार ४१ जना छन् । १० जिल्लामा मात्र आठ हजार ३८२ जनामा संक्रमण पुष्टि भएको छ । डेंगीका कारण यो अवधिमा ९ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ ।




प्रतिक्रिया

सम्बन्धित समाचार