मापदण्ड बिपरीत सञ्चालन नभएका इलामका २ मेडिकलमा ताला

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
९ श्रावण २०८०

 इलाममा मापदण्ड अनुसार सञ्चालन नभएका मेडिकलहरुमा तालाबन्दी गरीएको छ ।

मंगलबार इलाम बजारका २ वटा मेडिकल र १ वटा डेन्टल क्लिनीकमा ताला लगाइएको छ । इलाम सदरमुकामस्थित दुुर्गा मेडिकलमा (फर हस्पिटल सप्लाई वन्ली )लेखेको औषधी अनुगमन टोलीले फेला पारेको हो ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा भएको अनुगमनले बजारका विभिन्न मेडिकलको अनुगमन गरेको थियो । दुर्गा मेडिकल एउटाका नाममा दर्ता रहेको र अर्कैले चलाएको समेत पाइएको अनुगमन टोलिले जनाएको छ । दुुर्गा मेडिकलमा अनुुगमन थालिएपछि हस्पिटल नजिकै रहेको अर्को मेडिकल पनि वन्द गरीएको थियो । टोलीले मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै हिमाल डेन्टललाई पनि बन्द गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार