काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु, विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी हुने

लाइभ न्यूज रफतार 2416+ समाचार ( )
१६ वैशाख २०८१

काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए ।

यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा नेपालका तीन सय ८५ जना सहभागिी भएका छन् ।

त्यसैगरी, चीन, भारत , अमेरिका, जापान ,बङ्गलादेश,अरब इमिरेट्स (युएई) , जर्मनी ,दक्षिण कोरिया, अस्ट्रेलिया  ,मलेसिया पाकिस्तान, सिङ्गापु ,कतार , घाना ,साउदी, अरब, फ्रान्स , बहराइन ,स्वीटजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का  ,कोलम्बिया फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस , बेल्जियम, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट  सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ  ।











प्रतिक्रिया

सम्बन्धित समाचार