ट्राफिक प्रहरीले मङ्सिर महिनामा ६० वटा सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नुपर्ने सर्त तथा नियम पाँच ९५० पटकभन्दा बढी उल्लङ्घन गरेको पाइएकोले सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिम सवारी चालक अनुमतिपत्र निलम्वनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।कार्यालयका प्रवक्ता, प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पाँच पटकभन्दा बढी सवारी नियम उलङ्घन गरेकाले यातायात व्यवस्था ऐन, २०४९ अनुसार कारबाहीका लागि यातायात व्यवस्था विभाग पठाइएको जानकारी दिए । उनका अनुसार सबैभन्दा धेरै कारवाही पर्नेमा एक जना ४४ पटक त्यसपछि क्रमशः एक जना ३५ पटक, तीन जना २४ पटक, एक जना १४ पटक, सात जना १२ पटक, दुई जना सात पटक, र ४५ जना छ पटक पक्राउ परेका सवारी चालक रहेका छन् ।पक्राउ परेकाले सवारी तथा यातायात व्यवस्था ऐनको दफा १६४ को उपदफा १ बमोजिम कसुर गरेको पाइएको प्रवक्ता भट्टले बताउनुभयो । >>
ट्राफिक नियम उल्लङ्घन गर्ने ६० वटा सवारी चालक कारबाहीमा
प्रतिक्रिया
ताजा समाचार
मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो...
लाइभ न्यूज रफतार | ३२ असार २०८३
देवानगञ्जको जनता माविद्वारा १०३ विद्यार्थीलाई छात्...
लाइभ न्यूज रफतार | ३० असार २०८३
सेशेल्सद्वारा प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरि...
लाइभ न्यूज रफतार | १६ असार २०८३
मनिष झा रास्वपाको महामन्त्री दौडमा : संगठन सुदृढीक...
लाइभ न्यूज रफतार | ९ असार २०८३
Who Wants the Oli Government? India Congratulates...
लाइभ न्यूज रफतार | ३० फाल्गुन २०८२
कोशीका काँग्रेस निकट नेताहरु र बालेनबीच विराटनगरमा...
लाइभ न्यूज रफतार | २७ फाल्गुन २०८२