अर्थमन्त्री डा. प्रकाशशरण महतले गरे ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१५ असार २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रियसभामा प्रस्तुत गरेका छन् ।

शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा उनले सो विधेयक पेश गरेका हुन् । आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धी अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पनि पेश गर्नु परेको अर्थमन्त्री महतले स्पष्ट पारे ।

उनले भने, ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक पेश गर्नु परेको हो ।’

गत बुधबार बसेको प्रतिनिधिसभा बैठक पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।



प्रतिक्रिया

सम्बन्धित समाचार