आगामी २४ घण्टामा देशका धेरै भूभागमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविदले बताएका छन् । वर्षाबाट डढेलो नियन्त्रण हुनाका साथै वायु प्रदूषण र गर्मीसमेत कम हुने छ ।>
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुका साथै बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । बुधबार पनि देशका पहाडी भूभागका थोरै स्थानमा र तराईका एक–दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना छ । >
विहीबार भने कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।>
>>