ताप्लेजुङमा पहिरोले घर पुरिँदा गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु

लाइभ न्यूज रफतार 2561+ समाचार ( )
१ आश्विन २०८१

ताप्लेजुङमा पहिरोले फाक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ ।

रविन साम्रा लिम्बुका बाबु, आमा र दुई बहिनीहरुको मृत्यु भएको  गाउँपालिका अध्यक्ष राजन  लिम्बुले जानकारी दिए । मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए । ‘उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ’ उनले भने, ‘ पहिरोले दुई वटा घर बगाएको छ ।’

पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार