नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको : विष्णु पौडेल

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ पौष २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले नेपाली जनताले मुलुकको शासनको बागडोर एमालेलाई सुम्पिन चाहेको बताउनुभएको छ ।

पार्टीको झुलाघाट–चिवाभञ्ज्याङ यात्राको क्रममा जनताले भोगेका सबै समस्याको समाधान गर्न पनि मुलुकको शासन सत्ता एमालेले लिनुपर्ने र त्यसको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गनुपर्ने आम जनताको चाहना रहेको आफूहरुले पाएको उपाध्यक्ष पौडेलको दाबी छ । उहाँले आम जनताले आफूहरुको यात्राको क्रममा एमालेप्रति असाधारण आशा, भरोसा र विश्वास गरेको जिकिर गर्दै यसलाई महत्वपूर्ण पूँजीको रुपमा ग्रहण गरेर अघि बढ्ने बताउनु भयो ।

उपाध्यक्ष पौडेलले संकल्प यात्राको क्रममा पाएका सबै सुझावहरुलाई सूचिकृत गरेर एमालेले आगामी दिनमा अघि बढ्ने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार