विविध कार्यक्रम गरी छैठौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंको वसन्तपुरमा छैठौं झण्डा दिवस मनाइएको हो।>
राष्ट्रिय झण्डा दिवसको अवसरमा काठमाडौंको वसन्तपुरदेखि रत्नपार्कसम्म र्याली निकालिएको थियो। प्रतिष्ठानले ०७५ साल पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको हो।
>
केही समय यता नेपालमा झण्डाको दुरुपयोग भइरहेकाले सचेतना फैलाउन पनि यो दिवस मनाउन थालिएको जनाइएको छ । प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोशाक दिवस र राष्ट्रिय टोपी दिवस समेत मनाउँदै आएको छ ।>
>>