धमाधम वडा सम्मेलनमा माओवादि पार्टि

Sanjana Kumari Das 2+ समाचार ( )
११ आश्विन २०८१

नेपाल कम्यूनिष्ट पार्टि (माओवादि केन्द्र)ले मोरङको क्षेत्र नं ५ मा वडा देखि पालिकाको सम्मेलनका लागि नेता तथा कार्यकर्ताहरुसलाई खटाएका छन् ।  जनताको चासो र गुणासोलाई सम्बोधन गर्नका लागि मोरङ क्षेत्र नं ५ मा क्षेत्रको इन्चार्ज श्रवणकुमार राय सवंय घरदैलोमा छन् ।  सोमबार रङगेली नगरपालिकाको वडा नं ७ को सम्मेलन भव्यताका साथ सम्पन्न भएको इन्चार्ज श्रवण रायले लाइभ न्यूजलाई बताए । उनले भने , वडान ं ७ को सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा वडा नं ७ को वडा अध्यक्षमा अशोक कुमार मण्डल निर्वाचित भएका छन् । उपाध्यक्षमा बिजय मण्डल र पावर्ती यादब , सचिवमा संजय राजवंशी , 

कोषाअध्यक्षमा महेन्द्र प्रसाद साह र सहसचिवमा दिलिप अग्रवाल निर्वाचित भएको बताए । उनले भने नेकपा माओवादि पार्टिका पोल्टि ब्यूरो सदस्य शिवकुमार मण्डलले निर्वाचित सबैलाई सपथ खुवाए । 


प्रतिक्रिया

सम्बन्धित समाचार