संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीयता कार्यान्वयनका क्रममा प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
>
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री मोदीले संघीय निजामती ऐन अघि बढाउने काम अन्तिम चरणमा पुगेको भन्दै ऐनले संघीयता कार्यान्वयनका क्रममा प्रशासनिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने बताए ।
>
सरोकारवालासँग छलफल गरेर ऐनको मस्यौदा तयार गरिएको छ,ुउनले भने,ुआजै नभए अर्को दिनको ‘क्याबिनेट’मा जान्छ।
>
उनले प्रशासनिक संघीयता कार्यान्वयनको विषयलाई प्राथमिकतामा राखेको उल्लेख गरे । राजनीतिक पूर्वाग्रहका कारण संघीयतालाई कमजोर पार्ने खेल भइरहेको भन्दै मन्त्री मोदीले सानातिना समस्याले संघीयतालाई कमजोर बनाउन नसक्ने स्पष्ट पारे।
>
प्रशासनिक सुधार कायम गर्न कर्मचारी दरबन्दीअनुसारको कार्यालयमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको र दुर्गममा सेवा गरेका कर्मचारीलाई सुगममा सरुवा गर्न लागिएको उनले बताए।
>
मन्त्री मोदीले प्रशासनिक सुधारको काम गर्दा राजनीतिक तथा प्रशासनिक हस्तक्षेपका साथै विभिन्न दबाब आएपनि आफू पछि नहट्ने स्पष्ट पारे।
>
>
>
>
>
>
>>