जरिवाना पत्र लिएर एमाले कार्यालय जाँदै काठमाडौं महानगर

लाइभ न्यूज रफतार 2864+ समाचार ( )
९ मंगशिर २०८१

काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई तोकेको एक लाख जरिवानाको पत्र पार्टी कार्यालयमा पुर्‍याउने भएको छ ।

गत शुक्रबार दरबारमार्गमा जागरण सभामा सडक तथा पेटीमा जथाभावी फोहोर गरेको भन्दै जरिवाना गराएको थियो । एमालेले भने उक्त पत्र आएको र प्राप्त भए पनि जरिवाना नतिर्ने एमालेले जनाएको छ । मेयर बालेन शाहको सचिवालयले दिएको जानकारी अनुसार आइतबार दिउँसो महानगरपालिकाका प्रतिनिधिहरू पत्र बुझाउन पार्टी कार्यालय च्यासल जाँदैछन् ।

महानगरपालिकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम पत्र बुझाउन लागिएको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार