परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने

लाइभ न्यूज रफतार 3138+ समाचार ( )
८ असार २०८१

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ भोलि शनिबार इरान जाने भएका छन् ।

एसिया को–अपरेसन डाइलग (एसीडी) सदस्य राष्ट्रहरुको विदेशमन्त्रीस्तरीय बैठकमा भाग लिन श्रेष्ठ इरान जान लागेका हुन् । भ्रमणका क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले एसीडी सदस्य राष्ट्रका विदेशमन्त्रीहरुसँग द्वीपक्षीय भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्री श्रेष्ठ बुधबार स्वदेश फर्किनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार