प्रधानमन्त्री र मेयर बालेन्द्रले अराजक किसिमले बोल्न मिल्दैन : शेखर कोइराला

लाइभ न्यूज रफतार 2416+ समाचार ( )
१९ भाद्र २०८०

सत्तारुढ प्रमुख नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ ।

जातीय पहिचानको राज्य बनाइदिनेजस्ता अराजक किसिमले प्रधानमन्त्री दाहालले बोल्न नहुने उहाँको भनाई थियो । पार्टी निकट कर्मचारीहरुको संगठन नेपाल निजामति कर्मचारी युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री दाहाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको अराजक खालको पछिल्लो अभिव्यक्तिबाट देश चल्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालको अभिव्यक्तिलाई पार्टीले गम्भिरतापूर्वक लिनुपर्ने समेत बताउनुभयो ।

नेता कोइरालाले पार्टीको तर्फबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएर पार्टी निकट कर्मचारी संगठनको समस्या समाधानका लागि सचेत गराउन पार्टी सभापति शेरबहादुर देउवालाई पनि सुझाव दिनुभयो । उहाँले संघीय निजामती सेवा ऐनमा पार्टीबाट सुझाव दिनका लागि सहमहामन्त्री जीवन परियारको नेतृत्वमा एउटा छुट्टै समिति बनाउन पनि सभापति देउवासँग आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार