प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ । सिंहदरबारमा जारी बैठकमा भोलि बस्ने संसद् बैठकको कार्यसूचीबारे छलफल भइरहेको जनाइएको छ । >
बुधबार (भोलि) दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । उक्त बैठकमा अनिवार्य उपस्थित हुन सत्तारुढ दलहरूले सांसदहरूलाई ह्विप जारी गरिसकेको छ । भोलिको बैठकमा सरकारले ल्याएका ६ वटा अध्यादेशमध्ये पाँच वटा निर्णयार्थ पेस गर्ने तयारी सरकारको छ । >
जसपा नेपाल र लोसपाले भूमि अध्यादेशको विपक्षमा देखिएपछि सरकारले त्यसलाई रोकेर अन्यलाई पारित गर्न प्रक्रियामा लाने भएको हो ।>>