अमेरिकी इतिहासकै सबैभन्दा ठूलो मात्रामा १५० वटा बम बरामद

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
१७ पौष २०८१

अमेरिकी अनुसन्धान एजेन्सी फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई)ले भर्जिनियाको एक फार्मबाट १५० वटा बम बरामद गरेको छ ।

यो अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरिएको घटना हो । आइल अफ वाइट काउन्टीका ब्राड स्पाफोर्ड नामका एक व्यक्तिलाई डिसेम्बर १७ मा पक्राउ गरिएको थियो । उनले हतियार र गोलाबारुद संकलन गरिरहेको जानकारी एफबीआईले प्राप्त गरेपछि उनलाई पक्राउ गरिएको थियो ।  अभियुक्तको घरको सुत्ने कोठामा भेटिएको एक झोलामा ‘नो लाइभ्स म्याटर’ लेखिएको अनुसन्धानकर्ताहरूले बताएका छन् ।

‘नो लाइभ्स म्याटर’ अमेरिकामा अति दक्षिणपन्थी र सरकार विरोधको सन्दर्भमा प्रयोग गरिन्छ । ब्राडका वकिलले उनीमाथि लगाइएको आरोप अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार