मोरङ — अन्य धेरै स्थानीय तहहरूमा शिक्षक नियुक्तिमा लाखौँ रुपैयाँको चलखेल र अनियमितताको घटना सार्वजनिक भइरहेका बेला मोरङको जहदा गाउँपालिकाले भने पूर्ण पारदर्शितासहितको निष्पक्ष प्रक्रिया अपनाउँदै सकारात्मक उदाहरण प्रस्तुत गरेको छ। गाउँपालिकाले प्राथमिक तहमा करार शिक्षकका लागि खुलाएको विज्ञापन अन्तर्गत भएको लिखित तथा विषयगत परीक्षा पूर्णरूपमा प्रतिस्पर्धामूलक र मानकअनुसार सम्पन्न भएको जनाइएको छ।
रामजानकी आवासीय विद्यालय उखरकट्टा नियुक्ति पाएकी ममता कुमारी मण्डलले पारदर्शी परीक्षाका कारण आफू मेरिट सूचीमा पर्न सफल भएको बताइन्। खुशीका आँसु झार्दै उनले जहदा गाउँपालिकाका अध्यक्षद्वारा सञ्चालन गरिएको शैक्षिक सुधार अभियानकै प्रभावले आज आफ्नो नाम निकाल्न सहज बनेको बताइन्। पारदर्शिताकै कारण परीक्षार्थीले मेहनतअनुसारको अवसर पाएको उनको भनाइ छ।यस्तै आदर्श आधारभूत विद्यालय जहदा–३ मा नियुक्ति पाएकी सुमन कुमारी यादवले निष्पक्ष प्रतिस्पर्धाबाट नियुक्ति पाउनु आफूसहित अन्य युवाहरूका लागि ठूलो प्रेरणाको विषय बनेको बताइन्।
शिक्षक शाखा प्रमुख दिपक खनालका अनुसार खुला गरिएको विज्ञापनमा २८ जनाले आवेदन दिएका थिए। १०० पूर्णाङ्कको सामान्य परीक्षाबाट १७ जना मात्र पास हुन सफल भए भने विषयगत परीक्षामार्फत अन्तिम दुई जनाको नाम निकालिएको हो। उनको भनाइमा सम्पूर्ण परीक्षा शिक्षक सेवा आयोगले तोकेको पाठ्यक्रम र मापदण्डअनुसार सञ्चालन गरिएको हो।
प्रमुख प्रशासकीय अधिकृत रोशन कुमार गुप्ताले नियुक्ति प्रक्रियामा कुनै पनि किसिमको सोर्स–फोर्स नलाग्ने स्पष्ट गरे। उनले यदि कसैले बाहिरबाट दबाब सिर्जना गर्न खोजे वा आर्थिक चलखेलमा संलग्न देखिए, उनीहरूलाई कानुनी कारबाही गर्ने व्यवस्था रहेको बताए।अन्य स्थानीय तहहरूमा अनियमित नियुक्तिका घटना बाहिरिने क्रममै जहदामा पारदर्शी र मेरिटमा आधारित प्रक्रियाबाट शिक्षक छनोट हुनुले गाउँपालिकाको शैक्षिक सुधारप्रतिको प्रतिवद्धता झनै दृढ भएको देखिएको छ। यसले स्थानीय समुदायमा सरकारप्रति विश्वास बढाउनुका साथै योग्य र परिश्रमी युवालाई अवसर प्रदान गर्ने वातावरण पुनः स्थापित गरेको छ।
जहदा गाउँपालिकामा पारदर्शी शिक्षक नियुक्ति : अन्य तहमा चलखेलको चर्चा बीच उदाहरणीय प्रक्रिया
प्रतिक्रिया
ताजा समाचार
पीडितको दुःख बुझ्न आन्दोलन प्रभावित क्षेत्रमा पुगे...
लाइभ न्यूज रफतार | १६ श्रावण २०८३
मोरङमा ४ वर्षीया बालिकाको रहस्यमय मृत्य, मध्यरातमा...
लाइभ न्यूज रफतार | ८ श्रावण २०८३
मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो...
लाइभ न्यूज रफतार | ३२ असार २०८३
देवानगञ्जको जनता माविद्वारा १०३ विद्यार्थीलाई छात्...
लाइभ न्यूज रफतार | ३० असार २०८३
सेशेल्सद्वारा प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरि...
लाइभ न्यूज रफतार | १६ असार २०८३
मनिष झा रास्वपाको महामन्त्री दौडमा : संगठन सुदृढीक...
लाइभ न्यूज रफतार | ९ असार २०८३