भ्रष्टाचार मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई १४ वर्ष जेल सजाय

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ माघ २०८१

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय तोकिएको छ ।

इमरानलाई १४ वर्ष र उनकी श्रीमतीलाई सात वर्ष जेल सजाय तोकिएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । अल कादिर ट्रस्टको जग्गामा भ्रष्टाचार गरेको प्रमाणित भएपछि खान दम्पतीलाई जेल सजाय तोकिएको हो ।

इमरानलाई १० लाख र उनकी श्रीमतीलाई पाँच लाख पाकिस्तानी रुपैयाँ जरिवाना समेत तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार