कांग्रेसको पदाधिकारी बैठक सुरु

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
४ माघ २०७९

नेपाली कांग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु भएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

आजको बैठकमा सभामुखको निर्वाचन तयारीको विषयमा छलफल हुने शर्माले बताए । संसदमा आज सभामुख मनोनयन दर्ता गर्ने कार्यसूची छ ।

सभामुखको उम्मेदवार कसलाई उठाउने भन्ने बारेमा कांग्रेस पदाधिकारी बैठक बसेको हो । कांग्रेसले सभामुखको उम्मेदवार बनाइसकेको छैन । पार्टीले उम्मेदवारी नदिएको खण्डमा पनि कसलाई समर्थन गर्ने भन्ने बारेमा छलफल हुनेछ ।


प्रतिक्रिया

सम्बन्धित समाचार