आज लाग्ने खण्डग्रास चन्द्रग्रहण नेपालभरिबाट देखिने

लाइभ न्यूज रफतार 2416+ समाचार ( )
ग्रहणमो अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्ने र राति २ बजेर ३८ मिनेटमा सकिने...
११ कार्तिक २०८०

विराटनगर । आजको राति लाग्ने खण्डग्रास ग्रहणको सुरुवात शनिबार राति १ बजेर २० मिनेटबाट हुनेछ । ग्रहणमो अधिकतम ग्रहण १ बजेर ५९ मिनेटमा पुग्ने र राति २ बजेर ३८ मिनेटमा सकिनेछ ।

ग्रहण नेपालसहिय युरोप, अफ्रिका र एसियाको पूरै भूभागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाको केही स्थानबाट देखिने बताइएको छ । पृथ्वीको  सघन छायाले अधिकतम समयमा चन्द्रमाको ६ प्रतिशत मात्रै ढाक्ने  नेपाल एस्टोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । उनका अनुसार राति २ बजे आसपास चन्द्रमा हेर्दामात्रै ग्रहण भएको जस्तो लाग्नेछ ।

गत वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । गत वर्ष चान्द्रमासअनुसार कार्तिक कृष्ण औंसीमा सूर्यग्रहण र कार्तिक शुक्ल पूर्णिमामा चन्द्रग्रहण लागेको थियो ।

पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहँदा चन्द्रमाले पनि पृथ्वीलाई परिक्रमा गरिरहेको हुन्छ । यस क्रममा पृथ्वी जब सूर्य र चन्द्रमाको बीचमा पुग्दा पृथ्वीको छाया चन्द्रमामा परेपछि चन्द्रमाको आफ्नो प्रकाश नभएका कारण पृथ्वीको उक्त छायाले चन्द्रमा छेकिन्छ, जसलाई चन्द्रग्रहण भनिन्छ ।

सूर्य, पृथ्वी र चन्द्रमा पूर्णिमा वा औंसीको समयमा एउटै सरल रेखामा पर्न सक्ने भए पनि सबै पूर्णिमा चन्द्रग्रहण हुँदैन किनभने चन्द्रमाको कक्षीय धरातलले पृथ्वीको कक्षीय धरातलमा करिब ५ डिग्रीको कोण बनाएको हुन्छ । चन्द्रमाको कक्षले पृथ्वीको कक्षीय धरातललाई दुई बिन्दुमा काटेको हुन्छ । यी दुई बिन्दुलाई प्राचीन ज्योतिष शास्त्रमा राहु र केतु नाम दिइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार