कर्णालीले दोस्रो क्वालिफायर खेल्ने, चितवनले पाउने भयो १५ लाख

लाइभ न्यूज रफतार 3755+ समाचार ( )
३ पौष २०८१

नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजविरुद्ध २१ को जित निकाल्दै कर्णाली याक्सले दोस्रो क्वालिफायरमा स्थान बनाएको छ । कर्णालीले अब फाइनल प्रवेशका निम्ति दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स वा सुदूरपश्चिम रोयल्समध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

हारसँगै प्रतियोगिताबाट बाहिरिएको चितवन राइनोजले चौथो स्थान सुनिश्चित गरेसँगै १५ लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले प्रस्तुत गरेको १७६ रनको लक्ष्य पछ्याउने क्रममा चितवनले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो । चितवनका रवि बोपाराले सर्वाधिक ५३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । उनले ३४ बलमा तीन चौका र चार छक्का प्रहार गरे । प्रतियोगितामा बोपाराको यो तेस्रो अर्धशतक हो ।

योसँगै उनी एनपीएलमा तीन अर्धशतक बनाउने एक मात्र ब्याटर समेत बने । चितवनका अरू ब्याटरले खुलेर खेल्न सकेनन् । कप्तान कुशल मल्लले २४ बलमा एक छक्कासहित २१ रन बनाए । विपीन रावलले १० बलमा चार चौकासहित १८ रन जोडे । शरद भेषवाकरले १० बलमा एक चौकासहित १० रन थपे ।

प्रतिक्रिया

सम्बन्धित समाचार